काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम छनोट गरेको थियो ।
धनगढी स्थायी घर भएका हमाल कांग्रेस निकट हुन् । धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले नै ल्याउन चाहेका थिए । त्यसो त आवेदकमध्येका एक रहेका हमाल बोर्डको अध्यक्षका लागि आफू योग्य रहेको दाबी गर्दै आएका थिए ।
‘म आफै पनि धितोपत्र बोर्डको लागि योग्य व्यक्ति हो । म शुरुमा इन्जिनियर हो । त्यो पेशा छोडेर मैले एमबीए गरें’, उनले भनेका थिए ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो ।