×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमसीसी ल्याउनुपर्छ भन्नेलाई ताली बजाउँछन्, मलाई ढुंगा हान्छन् : अध्यक्ष ओली

एमसीसी ल्याउनुपर्छ भन्नेलाई ताली बजाउँछन्, मलाई ढुंगा हान्छन् : अध्यक्ष ओली

काठमाडाैँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलका कार्यकर्ताहरूले आफूलाई ढुंगा हानेकाे बताएका छन् । उनले एमसीसीकाे प्रक्रियामा भाग लिँदै आएका अन्य नेताहरूलाई केही नगरिएकाे तर आफूलाई भने ढुंगा हानिएकाे भन्दै राेष प्रकट गरेका हुन् । 

शुक्रबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमसीसी ल्याउनुपर्छ भन्ने नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल, सम्झौता गर्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेता डा. बाबुराम भट्टराईलाई केही नगरी आफूमाथि ढुंगा हानिएको बताएका हुन् ।

‘एमसीसी सहयोग नेपालमा ल्याइपाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिँड्दा ढुंगा हानेनन् । नेपाली कांग्रेसले एमसीसी पास गराउनुपर्छ भन्छ’, ओलीले भने, ‘सभामुखले टेबुल गरेका छन् । ढुंगा हानिँदैन । एमसीसी ठिक छ भनेर कुरा टुंग्याउने कृष्णबहादुर महरा बाटोमा हिँड्दा ढुंगा हानिँदैन, म बाटोबाट हिँड्छु अनि ढुंगा हान्छन् ।’

प्रतिकृया दिनुहोस्