सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले विष्णु पौडेलले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । यो बजेट चालू आर्थिक बर्षको भन्दा ४४ करोड रुपैयाँ धेरै हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ९३ करोड ९५ लाख रुपैयाँको बजेट सिलिङ तोकेकोमा सरकारले त्यसभन्दा ८० करोड भन्दा बढी रकम छुट्याएको हो ।
अर्थमन्त्री पौडेलले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी पनि दिएका छन् । झापाको दमकमा मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला २ वर्षभित्र संचालनमा आउने गरि निर्माण गरिसक्ने र पोखरा रंगशाला आगामी वर्ष भित्र निर्माण सम्पन्न गरिने उनले जानकारी दिए ।
यसैगरी देशका चार स्थानमा हाई अल्टिच्यूड स्पोर्टस सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटन मार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको उनले बताए ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट छुट्याइएको छ ।