×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टुटल सञ्चालन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश

टुटल सञ्चालन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं - उच्च अदालत पाटनले राइड सेयरिङ एप टुटल तत्काल सञ्चालन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्धय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त वाणिज्य इजालसले टुटल एप प्रयोग नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो। साथै माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, ७ दिनभित्र लिखित जवाफ पेश गर्न समेत अदालतले आदेश दिएको छ ।


टुटलविरुद्ध मण्डला डिजिटल होल्डिङस प्रालिले रिट दायर गरेका थिए । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता अञ्जन न्यौपानेले बहस गरेका थिए ।

मण्डला डिजिटल होल्डिङसले निवेदनमा अन्तरिम आदेशको मागसमेत गरेको थियो। छलफलका लागि अदालतले असोज १६ गते दुवै पक्षलाई बोलाएको छ । अदालतले यस अवधिसम्म गुगल प्ले स्टोर र एप्पल एप स्टोर मा टुटल एप प्रयोग नगर्न नगराउन आदेश जारी गरेको छ।

प्रतिकृया दिनुहोस्