×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कठिन : राष्ट्र बैंक

आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कठिन : राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले सरकारले चालू आर्थिक वर्षमा ताेकिएकाे आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कठिन रहेको बताएको छ। आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चालू आवमा आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौती हुने बताएका हुन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत चालू आवमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य तोकेका थिए । तर यो लक्ष्य हासिल गर्न निकै कठिन रहेको गभर्नर अधिकारीले बताए । उनले चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको अभाव, रुस–युक्रेन युद्धका लगायतका कारण आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने छ । 

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उनले कोभिडको महामारी कम भएको आधारमा मौद्रिक नीति आएको बताए । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेको संख्यासँगै पर्यटक आवागमन बढ्दै जाने विश्लेषण गरेको छ।

प्रतिकृया दिनुहोस्