×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एक साथ प्रदर्शनमा

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एक साथ प्रदर्शनमा

काठमाडौँ- शुक्रबारदेखि दुई वटा नेपाली चलचित्र ‘झिँगे दाउ‘ र ‘सम्हालिन्छ कहिले मन‘ प्रदर्शनमा आएका छन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सामाजिक कथामा कथामा आधारित ड्रामा कमेडी ‘झिँगे दाउ‘ र सुदर्शन थापाको निर्देशनमा बनेको रोमान्टिक फिल्म ‘सम्हालिन्छ कहिले मन‘ एकसाथ प्रदर्शनमा आएका हुन्।

 निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’ मा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टको साथमा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय गरेका छन् । 

चलचित्रमा प्रदीप भारद्वाजको कथा र पटकथा रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायाङ्कन र मित्रदेव गुरुङको सम्पादन रहेको छ । चलचित्र कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् ।

थापाद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा रहेका छन् । सोनम तोप्देनले नायकको रूपमा डेब्यू गरेका छन् । एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत तथा कविराज गहतराजको कोरियोग्राफी छ । सनिष खकुरेल कार्यकारी निर्माता रहेको फिल्ममा परी राना र अजित कुमार थापा सह निर्माताका रूपमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्