×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘प्रेमगञ्ज’को लागि गायक-गायिका खोजी

‘प्रेमगञ्ज’को लागि गायक-गायिका खोजी

काठमाडौँ । चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी सुरु भएको छ । राजु फुयाँलले निर्माण गरेको चलचित्र ‘प्रेमगञ्ज’ विशुद्ध प्रेम कथामा आधारित रहेको छ ।

चलचित्रमा तेज गिरी, बेनिशा हमाल र सम्पदा बानियाँ मुख्य भूमिकामा रहेका छन् । सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाल अडिसनबाट छानिएका कलाकार हुन् । चलचित्रका अन्य कलाकारमा नरेश पौडेल, रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी, अन्चित ढुङ्गानालगायतको अभिनय रहनेछ ।

परिच्छेद सेनको निर्देशनमा बन्दै गरेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने छायाङ्कनको जिम्मा सञ्जय लामाको काँधमा छ ।

 

प्रतिकृया दिनुहोस्