काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको बैठक आज (आइतबार) बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे बस्ने बस्नेछ ।
शीर्ष तहका नेतासहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो ।
यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि नेताहरु आज पुनः छलफलमा जुट्न लागेका हुन् । सबै दलहरु आ–आफ्नो अडानबाट टसमस नहुँदा गठबन्धनभित्र सिट बाडफाँटको विषय पेचिलो बनिरहेको हो ।