×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँ ७ मा मानुषीलाई जनसमाजवादीको समर्थन

काठमाडौँ ७ मा मानुषीलाई जनसमाजवादीको समर्थन

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई जनसमाजवादी पार्टीका उम्मेदवारले समर्थन गरेका छन्।

काठमाडौँ ७ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले आफ्नो उम्मेदवारी निस्कृय पार्दै मानुषीलाई समर्थन गरेको विज्ञप्ति निकालेका छन्।

संविधानको रक्षा र विकासका लागि भन्दै उनले सत्ता गठबन्धनका उम्मेदवार मानुषीलाई समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। नेपाल समाजवादी पार्टीकी नेता मानुषी सत्ता गठबन्धनबाट काठमाडौँ ७ मा साझा उम्मेदवार छिन्।

 

प्रतिकृया दिनुहोस्