×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा

निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा

काठमाडौँ- नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । आजबाट लागू हुनेगरी मूल्यवृद्धिपछि डिजेल र र मट्टितेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ । 

पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक वर्षको घाटालाई देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न नमानेको आयल निगमले बिहीबार दिउँसो नयाँ मूल्य पाउनासाथ मूल्य बढाएको हो । आइओसीले बिहीबार दिउँसो पठाएको नयाँ मूल्य अनुसार पेट्रोल १।३९ रुपैयाँ, डिजेल ६।१२ रुपैयाँ र हवाई इन्धन ८।०१ रुपैयाँ बढेर आएको थियो ।

त्यसपछि निगम सञ्चालक समितिको साँझ बैठक बसी मूल्य बढाउने निर्णय भएको हो । दसैँको मुखमा डिजेलको मूल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाँडादर बढ्ने आकलन छ ।

पेट्रोलमा फाइदा
भारतबाट मूल्य बढेर आएपनि निगमलाई पेट्रोलमा घाटा छैन । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा छ ।

प्रतिकृया दिनुहोस्