काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो ।