×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

संस्कृति/संस्कार

गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ देखि खुला गरिदै

गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ देखि खुला गरिदै

 

 गोरखा - गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । मन्दिर खुलेसँगै भक्तजनहरुले पूजाआजा गर्न पाउनेछन् ।सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले निश्चित मापदण्ड बनाएर धार्मिकस्थलहरु भक्तजनका लागि खुला गर्ने निर्णय गरेको हो । बढी भीडभाड हुने मनकामना मन्दिरमा भने ढोका बाहिरबाट पूजा गर्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड तयार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।‘भक्तजनले ल्याउनुभएको पूजाका सामग्री मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पुर्‍याइदिनुहुन्छ,’ उनले भने, ‘उहाँहरुले चाहिं बाहिरैबाट दर्शन गर्नुहुनेछ ।’ मन्दिर दर्शनका लागि लाइनमा बस्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने उनले बताए । मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ ।यसैगरी मन्दिर परिसरमा साबुनपानीले हात धुने ठाउँको व्यवस्था गर्नुपर्ने, मन्दिरका पुजारी, कर्मचारी र सुरक्षाकर्मीले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्ने र आवश्यकताको आधारमा फेसशिल्ड पनि प्रयोग गर्नुपर्ने निमित्त प्रजिअ भण्डारीले बताए ।

‘मन्दिरका पुजारी, कर्मचारी, मनकामना क्षेत्र विकास समितिका कर्मचारी तथा सहयोगी स्वयंसेवकहरुको नियमित ज्वरो नाप्न, रुघाखोकी लागे नलागेको सूचना लिन र त्यस्तो पाइएमा काममा सहभागी नगराउन भनेका छौं,’ उनले भने । जिल्लाका अन्य धार्मिक स्थलहरुमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पूजाआजा गर्न भनिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाख १६ गतेदेखि सर्वसाधारणलाई मन्दिरमा पूजाआजा गर्नका लागि रोक लगाइएको थियो |

प्रतिकृया दिनुहोस्