कोरोना भाइरस महामारी नियन्त्रणका लागि जापानले घोषणा गरेको स्वास्थ्य संकटकाल लम्ब्याएको छ। नौ प्रान्तमा थप तीन हप्ताका लागि संकटकाल लम्ब्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
जापानमा पछिल्लो समय संक्रमण दर घटिरहेको छ। तर, अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि संकटकाल थपिएको हो।
जापानले रेस्टुरेन्टमा मदिरा बिक्री गर्न रोक लगाएको छ भने अन्य प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ। विद्यालय बन्द गरिएका छन्। ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियम कडाइका साथ लागू गरिएको छ।
जापानमा सात लाख ३८ हजारभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने १२ हजार ८ सय १९ जनाको ज्यान गएको छ।