×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्तारुढ गठबन्धनको सहमति

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्तारुढ गठबन्धनको सहमति

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर मूल्य घटाउने सहमति भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा उक्त सहमित भएको हो।

बैठकमा आजै मन्त्रिपरिषदको बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। उनले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाईका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए।

पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषदको बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मूल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो। सरकारले बजार अनुगमनलाई पनि कडाई गर्ने सहमति गठबन्धनको बैठकमा भएको कांग्रेस वरिष्ठ नेता पौडेलले बताए।

पौडेलले भने,‘मैले सरकार बजारमा हस्तक्षेप गरेर मूल्यबृद्धिलाई नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेको हो। खाद्य संस्थान र साल्ट ट्रेडिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ। सरकारले राज्यका सबै निकायलाई प्रयोग गरेर मूल्य बृद्धिलाई नियन्त्रण गर्नुपर्छ।

प्रतिकृया दिनुहोस्