×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिमानी शाह मेडिसिटी भर्ना

हिमानी शाह मेडिसिटी भर्ना

काठमाडाैँ- पूर्वयुवराज्ञी हिमानी शाहलाई अस्पतालमा भर्ना गरिएको छ । शाह अस्वस्थ भएपछि बुधबार ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । 

टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको बताइएको छ । पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन् ।

उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिकट स्रोतले जानकारी दिएको छ । यहाँ आएपछि पनि घाँटीको समस्या कम नभएपछि अस्पताल भर्ना गरिएको हो ।

प्रतिकृया दिनुहोस्