काठमाडौँ- मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार काँग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए ।
काँग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो । काँग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोनयन पुरानै कायम गरिएको छ ।
आयोगका अनुसार उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपराह्न ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई आजै अपराह्न चिन्ह दिइने आयोगले जनाएको छ ।