×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधानमन्त्री देउवा आज दिल्ली जाँदै, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री देउवा आज दिल्ली जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् । 

प्रधान मन्त्री देउवा भारतीय समयअनुसार दिउँसो २:५० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय समयअनुसार दिउँसो ४ बजेर ३० मिनेटमा होटल आइटिसी मौर्यमा भेटवार्ता गर्नेछन् ।

शनिबार देउवाले बिहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ । शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । र, हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदान र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ ।

सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधान मन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । आइतबार ९ बजे देउवा वाराणसी पुग्नेछन् भने त्यहाँ कार्यक्रममा सहभागी हुनेछन् । वाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कनेछन् । भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौंका लागि फर्कने कार्यतालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्