×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

८ मतकाे हिसाब नमिलेकाे भन्दै कांग्रेद्वारा पुनः मतगणनाकाे माग

८ मतकाे हिसाब नमिलेकाे भन्दै कांग्रेद्वारा पुनः मतगणनाकाे माग

काठमाडौं- स्याङ्जाको क्षेत्र नं १ प्रदेश (क) मा ८ मतको हिसाब नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको छ। फेदीखोला गाउँपालिका वडा नं। ५ को मतगणनाको क्रममा ८ मतको हिसाब नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको हो। यस क्षेत्रमा नेकपा एमालेका सुधिरकुमार पौडेल ६ मतान्तरले विजयी भएका थिए।

कांग्रेसका नेता कार्यकर्ताले हराएको ८ मत खोज्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी दिएको कांग्रेसका उम्मेदवार बुद्धिबहादुर राना कुमारले जानकारी दिए।

हामीले ८ मतको टुंगो नलागे सम्म अन्तिम नतिजा घोषणा नगर्न भनेका छौं, यदी त्यासो नगरिएमा हामी अदालत जान्छौं रानाले भने।

अहिले स्याङ्जा सदरमुकाममा कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। यसैबीच मुचुल्का र मतगणनाको रेकर्ड रुजु गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पौडेलले १७ हजार ४ सय ४१ मत ल्याउँदा रानाले १७ हजार ४ सय ३५ मत ल्याए।

प्रतिकृया दिनुहोस्