×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्ता पुग्न मात्र हाेइन, देश र समाज परिवर्तनका लागि गठबन्धन बनेको हो : माधव नेपाल

सत्ता पुग्न मात्र हाेइन, देश र समाज परिवर्तनका लागि गठबन्धन बनेको हो : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अग्रगमनका पक्षधरले जित्नुपर्ने बताएका छन् । उनले सत्तारुढ गठबन्धन सत्तामा पुग्नका लागि मात्रै नभई देश र समाज परिवर्तनका लागि भएको बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पाँच गठबन्धन कर्णाली प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका लागि भोट मागिरहेको बताए । ‘हामी सत्तामा पुग्नका लागि मात्रै भोट मागिरहेका छैनौं । देश र समाजलाई परिवर्तन गर्न, जनताको जीवन खुसहाली बनाउन, नेपालको स्वाभिमान माथि उठाउनका लागि हामी लागेका हौं’, उनले भने ।

राजनीतिप्रति जनतामा रहेको गुनासो सम्बोधन गरेर अघि बढ्ने उनले बताए । गठबन्धन दलमा सहमति गरेका उम्मेदवारहरूलाई जिताउने सबैको कर्तव्य भएको बताउँदै नेपालले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाका प्रदेशस्तरीय नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर लाग्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस्