×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुनर्जन्म लिन्छन् भनेका पास्टर उठेनन् र दुई वर्षपछि गरियो अन्तिम संस्कार

पुनर्जन्म लिन्छन् भनेका पास्टर उठेनन् र दुई वर्षपछि गरियो अन्तिम संस्कार

काठमाडौं- दक्षिण अफ्रिकाका पास्टर सिभा मुडेको मृत्यु सन् २०२१ मा भएको थियो तर मुर्दाघरमा लगभग ६०० दिन बिताएपछि उनको अन्तिम संस्कार गत महिना मात्रै गरिएको छ । यसो गर्नुको एउटा रोचक कारण छ । उनका परिवार र मण्डलीलाई उनी पुनः ब्युँझिन्छन् कि भन्ने आशा थियो तसर्थ यतिका दिनदेखि उनको अन्तिम संस्कार गरिएको थिएन ।  

उत्तरी जोहान्सबर्गस्थित द मिराकल सेन्टरका संस्थापक शिभा मुड्लीको मृत्यु सन् २०२१ अगस्ट १५ मा भएको थियो । यद्यपि, उनको अन्तिम संस्कार गर्नुको साटो उनका परिवारले उनलाई मुर्दाघरमा नै छोडिदिए, पुनर्जन्म हुने आसमा । मुर्दाघरमा उनकी श्रीमती र परिवारका अन्य सदस्य प्रार्थनाका लागि सधैँ मुर्दाघर जाने गर्दथे । तर त्यसको केही महिनापछि उनीहरुले त्यसो गर्न पनि बन्द गरे र मुड्लीको अन्तिम संस्कारका लागि अनुमति दिन मानेनन् । स्थिति त्यति बेला थप बिग्रियो जब उनीहरुले चर्च भित्र पास्टरको मृत्युलाई स्वीकार गर्न अस्वीकार गरे । उनी पुनर्जीवित नभएसम्म चर्चका सबै कामकारबाहीलाई यथावत् राखे । 

तर मुर्दाघरमा धेरै समयसम्म शव रहेपछि त्यसका मालिकले परिवारका सदस्यसँग अन्तिम संस्कारका लागि अनुमति मागे । लामो समयसम्म शवलाई यत्तिकै राख्दा वातावरणमा निम्तिने खतराबारे पनि उनले अवगत गराए । तर पछि परिवारका सदस्यले मुर्दाघरका मालिकसँग पनि सम्पर्क तोडे । अन्त्यमा, मुर्दाघरका मालिकसँग परिवारविरुद्ध कानुनी उपचार थाल्नुको कुनै विकल्प रहेन ।  

प्रतिकृया दिनुहोस्