×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसपीपीबारे अमेरिकी दूतावासले के भन्यो ?

एसपीपीबारे अमेरिकी दूतावासले के भन्यो ?

काठमाडौँ-  नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको जनाएको छ । दूतावासले कुनै देशबाट यो कार्यक्रमको माग भएमा सम्बोधन गर्ने जनाएको छ ।

स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० सम्झौताबारे नेपालका विपक्षीसँगै सत्तारुढ दलहरुले प्रश्न उठाएपछि अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हो ।

दूतावासले भनेको छ, ‘स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद् विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।’

नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो। नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।

स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबिचको एक आदानप्रदान कार्यक्रम हो। अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ। यस्तो छ दूतावासको भनाइ
२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्। आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ। यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो।

The document published by some online outlets purporting to be a military deal between the United States and Nepal is fake. By policy, the United States does not ask countries to join the State Partnership Program and only responds to requests for consideration.
The State Partnership Program (SPP) is an exchange program between an American state’s National Guard and a partner foreign country. The U.S. National Guard domestically supports U.S. first responders in dealing with natural disasters, such as earthquakes, floods, and wildfires.
SPP has existed for over 25 years and includes over 80 partnerships with over 90 countries, the majority of which are not in this region. In the event of natural and other disasters, ranging from hurricanes to earthquakes, floods, and fires, the United States seeks to share the best practices and capabilities of our National Guards — our first-line responders. SPP can be an effective means of facilitating this type of cooperation.

प्रतिकृया दिनुहोस्