×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रको शतक

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रको शतक

काठमाडौं - नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले एकदिवशीय अन्तराष्ट्रिय क्रिकेटमाआफ्नो पहिलो शतक प्रहार गरेका छन् । शनिबार(आज) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दै शतक प्रहार गरेका हुन् ।

ऐरीले १ सय ३६ बलमा ६ चौका प्रहार गर्दै शतक पुरा गरे । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालका पूर्वकप्तान पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए । 

पारसले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहर गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए । रोहितले शुक्रबार पीएनजीविरुद्ध १ सय २६ रनको शतकीय इनिङ खेल्दै सर्वाधिक रनको कीर्तिमान बनाएका थिए ।  

खेलमा खराब सुरुवात गरेको नेपालका लागि दिपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो स्तिथिमा पुर्याएका थिए । दोस्रो खेल खेल्दै गरेका देवले ७२ रन बनाएर आउट भए ।    

प्रतिकृया दिनुहोस्