×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने

काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

गत शुक्रबारदेखि जारी दलको बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा सांसदहरुले बोल्ने क्रम जारी रहेको छ । सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीति, सांसद सुनिल शर्मा प्रकाउ प्रकरणदेखि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

हिजोसम्म ५४ जना सांसदहरुले आआफ्नो धारणा राखिसकेका छन्, आज बाँकी सदस्यहरूले आआफ्नो धारणा राख्ने छन् । सबै सांसदले बोलिसकेपछि सभापति शेरबहादुर देउवाले जवाफ दिने छन् ।

प्रतिकृया दिनुहोस्