×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

चीनद्वारा तातोपानी नाका बन्द

चीनद्वारा तातोपानी नाका बन्द

काठमाडौं - तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । 
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । 
तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए । 

तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए ।
 “खासा क्षेत्रमा ५८ जना कोभिड सङ्क्रमित भेटिएको भन्ने खबर आएको छ,” उनले भने । उनले पनि नाका कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको बताए।
 तातोपानी नाकाबाट अहिले दैनिक चारदेखि आठ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुँदै आएको थियो ।
 खासगरी स्याउ, मेसिनरी उपकरण, रोल कपडा उक्त नाकाबाट आयात भइरहेका थिए ।
 जुरे पहिरो, भूकम्प, बाढी पहिरो, कोरोना महामारीलगायतका विपत्का कारण सो नाका बन्द हुने र खुल्ने हुँदै आएको छ ।
यो खबर आजको  आजको गोरखापत्र दैनिकमा समाचार छ ।


 

प्रतिकृया दिनुहोस्