काठमाडाैँ- बिहीबारकाे प्रतिनिधि सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल भइरहेकाे छ । तर, आजकाे बैठकमा अर्थमन्त्री जनार्दन शर्मा भने उपस्थित छैनन् । यसपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यसकाे विराेध गरेकाे छ । बैठककाे शुरूमै एमालेकाे प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीकाे अनुपस्थितिमा बजेटकाे सिद्धान्त तथा प्राथमिकताबारे छलफल गर्नुकाे तुक नभएकाे बताए ।