×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंसहित धेरै ठाउँमा तुसारो, चिसो हावाले जाडो थप बढयो

काठमाडौंसहित धेरै ठाउँमा तुसारो, चिसो हावाले जाडो थप बढयो

काठमाडौं - केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो भने बढेको छ । चिसो हावा चल्न थालेकाले जाडो बढेको हो ।
बिहान हुस्सु कुहिरोसँगै तुसाराे पर्न थालेको छ भने दिउँसाे र बेलुका चिसो हावा चल्न थालेको छ । यसले गर्दा जाडो बढेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा तुसाराे पर्न थालेको छ । यस्तै, उत्तर पश्चिमी क्षेत्रबाट आएको हावाका कारण पनि चिसो बढेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् शान्ति कँडेलकाअनुसार उत्तर पश्चिमी क्षेत्रबाट नेपाल आउने हावा हिमाली क्षेत्र हुँदै बहन्छ । हिउँ परेको हिमाली क्षेत्र हुँदै बहने हावा बढी चिसो हुने उहाँको भनाइ छ । अहिले उपत्यकासहित तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको छ ।
दिउँसाे घाम लागे पनि आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको बिहानको न्यूनतम तापक्रम आज ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । 


 

प्रतिकृया दिनुहोस्