भरतपुर- आउँदाे वैशाख ३० गते हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि चर्चामा रहेकाे चितवनकाे चितवनको भरतपुर महानगरपालिकामा मेयरका लागि कांग्रेसबाट २५ जनाले र उपमेयरका लागि २४ जनाले नाम दर्ता गराएका छन् ।
हिजो आइतवार र आज साेमवार पार्टीकातर्फबाट आकांक्षीहरूलाई नाम दर्ता गर्न समय दिइएको थियो । पालिका चुनावको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलको प्रयास भइरहेको छ ।
गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसले गएको चुनावमा नेकपा माओवादी केन्द्रलाई मेयर पद छोडेकाले अब आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गृहजिल्लाको महानगरमा फेरि पनि आफ्नै छोरी रेणु दाहाललाई दोहोर्याउने प्रयास छ ।कांग्रेसबाट भरतपुर महानगरको मेयर र उपमेयरमा दाबी गर्नेमध्ये पूर्वमन्त्री, सांसद र पार्टीका केन्द्रीय सदस्यहरू समेत छन् ।