×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओली आज विराटनगर आउँदै

ओली आज विराटनगर आउँदै

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर आउँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन उनी विराटनगर आउने भएका हुन् । सोही कार्यक्रममा ओलीले पार्टी नेता कार्यकर्तालाई प्रशिक्षण दिने एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए । उनका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्मको कार्यक्रममा पार्टी कार्यकर्तालाई शुभकामना आदान प्रदान तथा प्रशिक्षण हुने र दिउँसो ३ देखि साँझ ५ बजेसम्म विभिन्न क्षेत्रकालाई आमन्त्रण गरिएको छ । नेकपा एमाले मोरङले हरेक वर्ष चाडपर्वको अवसरमा कार्यक्रम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्