×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

समानुपातिकमा यस्तो छ हालसम्मको नतिजा

समानुपातिकमा यस्तो छ हालसम्मको नतिजा

काठमाडौँ- मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकमा नेकपा (एमाले) पहिलो दल बनेको छ । देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ । दोस्रोमा रहेको नेपाली काँग्रेसले २६ लाख ६० हजार २४६ मत ल्याएको छ । एघार लाख ६२ हजार १२४ मतसहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ । यसै निर्वाचनबाट उदाएको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ ।

नेकपा (एकीकृत समाजवादी) भने थ्रेसहोल्ड नकटाउने निश्चित भएको छ । बाँकी रहेका दोलखा र बाजुराको मतगणनासमेत अन्तिम चरणमा पुगेका बेला एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ ।

पछिल्ला तीन दिनमा नेकपा (एकीकृत समाजवादी)को एक हजार ७६४ मत मात्र बढेको छ । गएको बिहीबार बिहानसम्म उसको मत दुई लाख ९२ हजार ५९८ थियो ।

प्रतिकृया दिनुहोस्