×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बिहानै तीन प्रदेशमा वर्षा, दिउँसाे हावाहुरीसहित वर्षाकाे सम्भावना

बिहानै तीन प्रदेशमा वर्षा, दिउँसाे हावाहुरीसहित वर्षाकाे सम्भावना

काठमाडाैं- आइतबार बिहान  बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा वर्षा भएकाे छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ ।

दिउँसो देशभर आंशिकदेखि  सामान्य बदली  रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ  र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ । देशका अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस्