×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिवि इन्जिनियरिङको नयाँ प्रवेश परीक्षा मिति सार्वजनिक

त्रिवि इन्जिनियरिङको नयाँ प्रवेश परीक्षा मिति सार्वजनिक

काठमाडौं - इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बीई/बी आर्क स्नातक तहको प्रवेश परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ । संस्थान अन्तर्गतकाे डीन कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १४ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्नेगरी नयाँ मिति सार्वजनिक गरेको हो ।

साथै नयाँ भर्नाका लागि आईओईले नियमिततर्फ (छात्रवृत्ति) ५६ हजार ७०० र पूर्ण शुल्कीयतर्फ चार लाख ९० हजार रुपैयाँ शुल्क तोकेको छ ।

अब इच्छुक विद्यार्थीले असोज २२ देखि असाेज २४ सम्म अनलाइनमार्फत प्रवेश परीक्षा फाराम भर्नुपर्ने छ । यसअगाडि शुल्क वृद्धिको माग राख्दै विद्यार्थी संगठनले विरोध गरेपछि प्रवेश परीक्षा स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस्