×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप ३७७ जनामा संक्रमण देखिँदा १७० संक्रमणमुक्त

थप ३७७ जनामा संक्रमण देखिँदा १७० संक्रमणमुक्त

काठमाडौँ- नेपालमा मंगलबार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ५ पीसीआर परीक्षणका क्रममा ३ सय ३९ जना र २ हजार ६ सय ४४ एन्टीजेन परीक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ८ सय ४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ सय ७० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार ७ सय १४ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ७ हजार ४ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्