×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले समाजवादीमा अनुमतिबिना नाम राखिएको भन्दै नेता जोशीको आपत्ति

एमाले समाजवादीमा अनुमतिबिना नाम राखिएको भन्दै नेता जोशीको आपत्ति

धनगढी, नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा आफ्नो नाम राखिएपछि यसअघि माधव पक्षमै रहेका भानुभक्त जोशीले आपत्ति जनाएका छन् । एमाले समाजवादीको केन्द्रीय सदस्यमा उनको नाम राखेर निर्वाचन आयोगमा पेश गरेको दस्तावेज बाहिरिएपछि उनले आपत्ति जनाएका हुन् ।

बुधवार साँझ सामाजिक संजालमार्फत जोशीले आफू एमाले एकताको पक्षमा रहेको र सहमति नलिई नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा नाम राखिएको जनाएका छन् । जोशीले आफ्नो जिल्ला, प्रदेश र शुभेच्छुकहरुको सल्लाहअनुसार अघि बढ्ने प्रष्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस्