काठमाडौँ l नेपाली सेनाका मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान गरेका छन् । युएनको चार्टर्ड फ्लाइटमार्फत उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
युनाइडेट नेशन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसएमआईएल) मातैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न लामाको नेतृत्वमा स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाको टोली लिबिया गएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न यूएन मिसनहरुमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।