×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हैजा नियन्त्रण गर्न चुन छर्किँदै काठमाडौँ महानगर

हैजा नियन्त्रण गर्न चुन छर्किँदै काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हैजा नियन्त्रणका लागि प्रत्येक वडामा किटनाशक चुन छर्किन थालेको छ । उपत्यकामा हैजाका बिरामी बढ्न थालेपछि काठमाडौँका ३२ वटै वडा कार्यालयले फोहोर उठाइएका क्षेत्र, घाँस तथा झाडी भएको क्षेत्रमा सरसफाइ गर्दै चुन छर्किने काम भइरहेको महानगरले जनाएको छ ।

बुधबार महानगरले एक परिपत्र जारी गर्दै सबै वडामा हैजा नियन्त्रण गर्न फोहोर उठाइएका क्षेत्रमा चुन छर्न आग्रह गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

महानगरको निर्देशन अनुसार सबै वडा कार्यालयलहरुले फोहोर उठाइएका क्षेत्र तथा झाडी भएको स्थानमा चुन छर्न सुरु गरिएको मानन्धरले बताए ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा डेंगुको समेत संक्रमण बढेको छ । डेंगु संक्रमण रोक्न जनचेतना फैलाउन महानगर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको पनि महानगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्