×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ह्याकरको कब्जामा र्‍यापर भिटेनको युट्युब च्यानल

ह्याकरको कब्जामा र्‍यापर भिटेनको युट्युब च्यानल

काठमाडौं - चर्चित नेपाली र्‍यापर भिटेन उपनामले परिचित समिर घिसिङ को युट्युव च्यानल ह्याकरको कब्जामा परेको छ ।

१६ लाख ३० हजारभन्दा बढी सब्स्क्राइबर रहेको भिटेनको उक्त च्यानल ह्याकरले कब्जामा लिएको हो । भिटेन म्युजिक नाम गरिएको उक्त च्यानलमा ह्याकरले अहिले ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सी सम्बन्धी लाइभ गरिरहेको छ।


सन् २०१५ मा तयार पारिएको उक्त च्यानलमा राखिएका भिडिओमा करिब २२ करोड भ्युज रहेको थियो । ह्याकरले च्यानलको नाम परिवर्तन गरी Ethereum [2,9] राखेको छ ।

केही दिन अघि मात्र एपी वान टेलिभिजनको युट्युब च्यानल समेत यसैगरी ह्याकरको कब्जामा पुगेको थियो । तर दुई दिनपछि युट्युबको सहयोगमा उक्त च्यानल फिर्ता आएको थियो ।

प्रतिकृया दिनुहोस्