नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
उनीहरूले सभापति शेरबहादुर देउवालाई आफ्नो राजीनामापत्र बुझाइसकेका छन् । सामूहिक राजीनामा घोषणा गर्नेहरूमा नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, गोरख (आनन्द) विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल र रमा कोइराला पौडेल छन् ।
कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा घोषणा गरेका हुन् । जारी केन्द्रीय समिति बैठकमा उनीहरूले राजीनामा दिएका हुन् ।
कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ ।