×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कर्णाली प्रदेश अस्पताल संघ मातहत  जाँदैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश अस्पताल संघ मातहत  जाँदैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिइने बताएका छन् । प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको समाचारले प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले भने ,“यो संघीय सरकारको निर्णय होइन, यदि त्यसो हो भने त्यो अपरिपक्व निर्णय हो ।”

मुख्यमन्त्री शाहीले अगाडि भने , “संघीय सरकार मातहत हुँदाको क्षेत्रीय अस्पताल सुर्खेतमा वार्षिक रु दुई करोड बजेट र ८३ जना जनशक्ति थियो । त्यसलाई प्रदेश अस्पतालमा स्थापना गरेपश्चात् अहिले स्वीकृत दरबन्दी ३२५ पु¥याइएको छ । अस्पतालको क्षमता विस्तार गरी ३०० बेड बनाइएको छ भने हालसम्म करीब रु दुई अर्ब बजेट लगानी गरिएको छ तर व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेछ  ।”

प्रदेशवासी र सरकारले चन्दा उठाएर भए पनि प्रदेश अस्पताल सञ्चालन गर्ने र राजनीतिक पूर्वाग्रही ढंगले लहडमा गरेको निर्णय मान्य नहुने उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस्