×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले माघ १५ देखि अनलाइनबाटै ट्रान्सक्रिप्टको काम गर्न सक्ने

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले माघ १५ देखि अनलाइनबाटै ट्रान्सक्रिप्टको काम गर्न सक्ने

काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तरगतका विद्यार्थीहरूले अब यही माघ १५ गतेबाट ट्रान्सक्रिप्ट लगायतका अन्य सेवाको काम अनलाइनमार्फत गर्न सक्ने भएका छन् ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको माघ २ गते बसेको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय कार्यालयहरूबाट दिइने सेवा अनलाइमा आधारित बनाउने निर्णय गरेको हो ।

अनलाइन सेवा अन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने पनिकाको जनाएको छ । यसका लागि ‍ई-पेमेन्टको सुविधा समेत हुने बताइएको छ ।

यसको कार्यान्वयन विधिसहित विस्तृत जानकारी भने माघ १० मा पनिकाको वेबसाइटमा राखिने पनि बताएको छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
 

प्रतिकृया दिनुहोस्