काठमाडौं- हलमा प्रदर्शन भइरहेको फिल्म 'प्रसाद २'को गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत 'क्रान्ति' बोलको गीत सार्वजनिक गरिएको हो । सुवास थापाको प्रस्तुति रहेको फिल्मको गीतमा राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर छ । राजेश श्रेष्ठको छायांकन रहेको गीतमा विक्रम स्वारको कोरियोग्राफी छ ।
सुदर्शन थापाले निर्देशन गर्नुभएको फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ । फिल्मको कथा सुशील पौडेलले तयार पार्नुभएको हो ।