काठमाडाैँ । पुर्व मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी पुर्व सांसद सुमना श्रेष्ठले रास्वपा परित्याग गरेकी छन् । आइतबार सामाजिक सञ्जालमा पार्टी छाेडेकाे जानकारी दिदै रास्वपा पारित्याग गरेकी हुन् । आफूले पार्टी परित्याग गरेको विषयमा उनले पार्टीको केन्द्रीय सदस्यहरुको ग्रुपमा जानकारी गराएकी छन् ।
गल्तीमाथि गल्ती गर्ने र नस्वीकार्ने प्रवृत्तिको सबै बोझ पार्टीले बोकिदिनुपर्ने भन्दै उनले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेदेखि नै आफूले आलोचना गर्दै आएको जानकारी गराएकी छन् ।