×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

काठमाडौँको कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ।

आज दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

‘धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ। हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ। प्रहरीले चाँडै पक्राउ गर्ने छ,’ उनले भने।

प्रारम्भिक जानकारीअनुसार साथी साथीबीच झगडा हुँदा हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

#indrenitimes

प्रतिकृया दिनुहोस्