×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीको बधाई-नेपाललाई पूर्ण साथ रहन्छ

प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीको बधाई-नेपाललाई पूर्ण साथ रहन्छ

काठमाडौँ- चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् ।

चिनियाँ प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाई पत्र पठाएका हुन् । नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले शुक्रबार अपराह्न प्रधानमन्त्री लीले पठाएको बधाई पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।

लीले प्रचण्डलाई लेखेको बधाई पत्रमा भनिएको छ, ‘तपाई नेतृत्वको नयाँ सरकारले राष्ट्रिय एकता, स्थायित्व र आर्थिक तथा सामाजिक विकासमा जोड दिनेमा हामीले आशा राखेका छौँ ।’ चिनियाँ प्रधानमन्त्रीले आफू प्रचण्ड नेतृत्वको सरकारसँग काम गर्न इच्छुक रहेको पनि बधाई पत्रमा उल्लेख गरेका छन् । लीले दुवै मुलुकको विकास र समृद्धिका लागि रणनीतिक साझेदार कार्यक्रमलाई अघि बढाउन आफू इच्छुक रहेको उल्लेख गरेका छन् ।

नेपाल र चीन परम्परागत मित्र रहेको र एक अर्काको सम्मान गदै समान हैसियतमा दुई मुलुक अघि बढ्नु पर्ने चिनियाँ प्रधानमन्त्री लीले समकक्षी प्रचण्डलाई पठाएको पत्रमा उल्लेख गरेका छन् । उनले नेपालको स्थायित्व, विकास र समृद्धिमा चीन सधैँ साथमा रहने बताएका हुन् । पछिल्ला दिनमा नेपाल र चीनबीचको प्रभावकारी सम्बन्धका कारण दुवै मुलुकलाई उल्लेखनीय फाइदा पुर्‍याएको पत्रमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्