काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ बिन्दुमा ओर्लिएको छ । आइतबार पनि सेयर बजार ७.७२ अंकले घटेकाे थियाे । त्यस्तै, साेमबार सेन्सेटिभ इन्डेक्स समेत यस दिन १.४७ अंकले घटेको छ ।
यस दिन २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता सेयर १ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ । यसअघि आइतबार २ अर्ब ४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यस दिन हेवाखोला हाइड्रो, मन्दाकिनी हाइड्रो लगायत कम्पनीका लगानीकर्ताले मनग्य कमाएका छन् । यस दिन १३ मध्ये १२ वटा उपसूचक ओरालो लागेका छन् ।