×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उच्च शिक्षाका लागि बेलायत जान खोजेका विद्यार्थीलाई भरतपुरमा शैक्षिक मेला

उच्च शिक्षाका लागि बेलायत जान खोजेका विद्यार्थीलाई भरतपुरमा शैक्षिक मेला

भरतपुर- एसआइ युके नेपालले भरतपुरमा शैक्षिक मेला गर्ने भएको छ । द लाजेष्ट युके एजुकेशन फेयर यही असार २५ गते भरतपुरको भरतपुर गार्डेन रिसोर्टमा हुनेछ । एसआई युकेका निर्देशक विनय अधिकारीले युकेका १५ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले प्रत्यक्ष परामर्श दिने बताउनुभयो । शैक्षिक शुल्क, पाठ्यक्रम, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी लिन सक्नेछन् ।

मेला अवधिमा दर्ता गराउने विद्यार्थीलाई निःशुल्क आईइएलटिएस, निःशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान हुने बताउनुभयो । एसआई युकेले आएल्स पिटीई, मोक टेस्ट (नक्कली परिक्षण) गराई विद्यार्थीको प्रतिस्पर्धी क्षमता बढाउँदै आएको छ । बेलायतमा उच्च शिक्षा अध्ययनका लागि जान चाहेका विद्यार्थी लाभान्वित हुन सक्नेछन् । प्लस टु सकेर बसेका विद्यार्थी बढी सहभागि हुने अपेक्षा गरिएको छ । मेलामा सहभागि हुन ६ सय जनाले नाम दर्ता गराइसकेका छन् । मेलामा ३ सय बढी विद्यार्थीको सहभागिता रहने जनाइएको छ ।

मेला शनिबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।  एसआई युकेका ४० देशमा शाखाहरु रहेका छन् । १ सय ५० बढी विश्वविद्यालयसँग आवद्ध शैक्षिक परामर्श दिदै आइरहेको छ । एसआई युके नेपाल शाखा निर्देशक अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोवल गोरखा समाजको अध्यक्ष तथा गैर आवासीय नेपाली संघ ९एनआरएनए० का केन्द्रीय उपमहासचिव र सामाजिक अभियन्ता हुनुहुन्छ । बेलायतमा नर्सिङ, होटल रेष्टुरेष्ट, आइटी क्षेत्रमा रोजगारीको राम्रो अवसर रहेको छ ।

प्रतिकृया दिनुहोस्