×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी–विशेष

आगलागी प्रभावित क्षेत्रमै पुगेर हाम्राे टिमले बाड्याे निशुल्क खाना

आगलागी प्रभावित क्षेत्रमै पुगेर हाम्राे टिमले बाड्याे निशुल्क खाना

काठमाडाैँ -  हाम्रो टिम नेपालले बाँकेको नरैनापुरमा भएको आगलागीका कारण घरबारबिहीन परिवारका सदस्यहरुलाई निशुल्क खाना बितरण गरेको छ । गत शनिबार भएको आगलागीका कारण ६८ घरपरिवारका १२० जना व्यत्तिहरु निकै समस्यामा परेको थाहा पाएपछि काठमाडौवाट गएका युवाहरुले निशुल्क खाना सहित लत्ता कपडापनि वितरण गरेको हो ।

हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तको नेतृत्वमा गएका उमेश बोहरा, बिक्रम ओली सहित समानुभुती नेपालका संयोजक तुलसी श्रेष्ठले राहात वितरण गरेका हुन् । ईजरायल बसेरपनि गरिब दुखीहरुका लागी दिल खोलेर सहयोग गदै आएकी मनकारी सामाजिक अभियन्ता सुनिता गुरुङ बेलायतमा रहेकी मनकारी सामाजिक अभियन्ता ईशा गुरुङ सहितका मनकारी व्यतिहरुको बिषेश पहलमा हाम्रो टिम नेपालले प्रभावित क्षेत्रमै पुगेर शनिवारदेखिनै निरन्तर निशुल्क खाना वितरण गर्दै आएको बोहोराले जानकारी दिएका छन् ।

गत बर्ष सरकारले लगाएको लकडाउनका कारण रोजगार गुमाएर निकै समस्यामा परेका सडकका मजदुरहरुका लागी निशुल्क खाना खुवाउदै आएको हाम्रो टिम नेपालले आगलागी प्रभावित क्षेत्रमै पुगेर हरेक दिनजसो करिब ३५० जनाजतिलाई निशुल्क खाना वितरण गरेको छ ।   
  

प्रतिकृया दिनुहोस्