×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री खुला

हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं- हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि धिताेपत्रकाे प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो। जसमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १८ लाख ३० हजार ४७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले आयाेजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता पनि सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई वैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।

लगानीकर्ताले असार १९ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरी बिजुली उत्पदन गरिरहेको छ।

प्रतिकृया दिनुहोस्