काठमडौं - नर्वेमा एक व्यक्तिले धनुष प्रहार गरी पाँच जनाको हत्या गरेका छन् । दुई जना गम्भिर घाइते भएका छन् ।
नर्वेको राजधानी ओस्लोको दक्षिण–पश्चिस्थित कोसबर्ग सरहमा उक्त घटना भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३७ वर्षीय एक डेनिस नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सो घटना आतंकवादी आक्रमण भए÷नभएको बारे अनुसन्धान गरिरहेको छ ।
नर्वेका प्रधानमन्त्री अना सोलबर्गले घटनालाई दुःखद बताएकी छन् । उनले एक पत्रकार सम्मेलनमा भनिन्, ‘घटनालाई प्रहरीले पूर्ण नियन्त्रणमा लिएको छ ।