काठमाडौँ- जनता समाजवादी पार्टी जसपाले सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने भएको छ ।
आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । जसपाका एक नेताले भने, ‘हामीले सोचेर विचार गरेर देवराज जीलाई मत दिने निर्णय गरेका छौं ।’