×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सर्पले डसेर डोटीमा एक वृद्धाको मृत्यु

सर्पले डसेर डोटीमा एक वृद्धाको मृत्यु

दिपायल - डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको के आई सिंह गाउँपालिका ४ कि ७२ वर्षीया निरन्जनादेवी भट्टको बिहिवार सर्पले टोकेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार सर्पले डसेपछि भट्टलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उनको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा बेलुका करीव ५.३० वजेतिर मृत्यु भएको भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्